
काठमाण्डु, २० चैत– भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडासँग सुरुवातामा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख आउट भएका छन् ।
कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट भएका हुन ।
पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई ९ रनमा कप्तान विष्णु सोलांकीबाट मिडअफमा क्याच आउट गराएका हुन । उनले १२ बलमा १ चौका प्रहार गरेका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनान सफल भएको छ । नेपालका अनिल शाह र रोहित पौडेल १–१ रनमा क्रिजमा रहेका छन ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।