आयरल्याण्डले चौथो विकेट गुमायो

काठमाण्डु टुडे २०८० चैत १९ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, १९ चैत– आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध चौथो विकेट पनि गुमाएको छ । नारायाण जोशीले नेपाललाई विकेट दिलाएका हुन । कप्तान निल रक २ रन बनाएर आउट भएका हुन ।

आयरल्याण्डले ७.१ ओभरमा ४ विकेटको क्षतिमा ५२ रन बनाउन सफल भएको छ । आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाउन सफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us