टी– २० सिरिज (फ्रेन्डसिप कप): नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाण्डु टुडे २०८० चैत १८ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, १८ चैत– नेपालले त्रिकोणात्मक टी– २० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गरीरहेको छ ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us