आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य

काठमाण्डु टुडे २०८० चैत १६ गते १५:२० मा प्रकाशित

काठमाण्डु, १६ चैत– आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाउन सफल भएको थियो ।

आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाएका थिए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रन बनाएका थिए । स्टिफन डोहेनीले पनि ३४ रन बटुले ।

गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन बनाउन सफल भएका थिए । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो ।

नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us