काठमाण्डुको छाउनीमा डाक्टर मृत फेला

काठमाण्डु टुडे २०८० चैत १६ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १६ चैत– काठमाण्डुको छाउनीमा डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हिजो बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us