चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या

काठमाण्डु टुडे २०८० चैत १५ गते १८:२६ मा प्रकाशित

एजेन्सी– अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी अन्य सात जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ । आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us