कुशल मल्लले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ र छैटौँ विकेट

काठमाण्डु टुडे २०८० चैत १३ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी९२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट ले गुमाएको छ ।

आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई २१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए ।

१५.१ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले एक सय आठ रन बनाएको थियो । कुशल मल्लले लिएको यो दोस्रो विकेट थियो । आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट पनि कुशल मल्लले नै लिएका थिए ।

आयरल्यान्डका गाभिन होएलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल मल्लले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us