
काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो चौथो विकेट गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को चौथो विकेट करण केसीले लिन सफल भएका छन । उनले आयरल्यान्डका कप्तान निल रकलाई १७ रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रकले ११ बलमा दुई छक्का प्रहार गरेका थिए । १४.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्डले एक सय रन बनाएको छ ।