भत्कियो अमेरिकाको मेरील्याण्डको पुल

काठमाण्डु टुडे २०८० चैत १३ गते १३:२८ मा प्रकाशित

एजेन्सी– अमेरिका मेरील्याण्डको बाल्टिमोर शहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जानकारी दिएको छ ।

सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको र भत्किएको देख्न सकिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ ।

पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ । यसबाट मानवीय क्षति भएरनभएको रिपोर्ट भने सार्वजनिक भइसकेको छैन ।

अमेरिकी कोस्ट गार्ड र मेरील्याण्ड ट्रान्सपोर्टेसन अथोरिटीले पुल भाँचिएको पुष्टि गरे पनि यो समाचार तयार पार्दासम्म थप विवरण सार्वजनिक भने भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us