आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

काठमाण्डु टुडे २०८० चैत १२ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, १२ चैत– नेपालले पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

योसँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता कायम गरेको छ । जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै एक सय २१ रन बनाउन सफल भयो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाउन सफल भएका थिए ।

उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १र१ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भएको थियो ।

नेपालका कुशल भुर्तेल, गुलशन झा र ललित राजवंशीले २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिएका थिए । दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us