
काठमाण्डु, १२ चैत– आज सोमबार त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो । उनी चार रन बनाउँदै पेभेलियन फर्किएका छन । उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए । ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाउन सफल भएको छ ।