नेपाल र हङकङबीचको टी–२० आई क्रिकेट वर्षाका कारण रद्ध

काठमाण्डु टुडे २०८० फागुन २७ गते १४:१६ मा प्रकाशित

काठमाण्ड, २७ फगुन– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाउन सफल भएको थियो ।

हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो ।

पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्ध गरेको घोषणा गरे ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिन सफल भएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भएका थिए ।

गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो । यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us