कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते

काठमाण्डु टुडे २०८० फागुन २० गते १७:४१ मा प्रकाशित

काठमाण्डु, २० फागुन– काठमाण्डुको कोटेश्वरमा बसको ठक्करबाट एक ट्राफिक प्रहरी घाइते भएका छन्। कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आज आइतबार प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट घाईते भएका हुन ।

कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट सई खत्री घाइते भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

घाइते खत्रीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको उनले जानकारी दिएका छन । आइसियूमा राखेर उनको उपचार गरिएको छ।

‘बसले उहाँलाई ठक्कर दिएको स्‍पष्ट देखिएको छ, घाइतेको उपचार जारी छ,’ उनले भने, ‘चालक नियन्त्रणमा छन्।’ प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us