
दाङ, १४ फागुन– जिल्ला अदालत दाङले क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रबाँस्तोलालाई एक वर्षको कैद सजाय सुनाएको छ । उनी सवारी ज्यान मुद्दामा दोषी ठहर भएका हुन् ।
न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बाँस्तोलालाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै एक वर्ष जेल र २ हजार रुपैयाँजरिवानाको सजाय सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए । दसैं मनाउन सुर्खेतस्थित घर जानहिंडेका बाँस्तोलाले चलाएको बा९च ७१९८ नम्बरको स्कर्पियो गाडीले गत २ कात्तिकमा पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ दाङका २९ वर्षीय वसन्तराम चौधरीको ज्यान गएको थियो । प्रहरीले पक्राउ गरी दसैंभर हिरासतमा राखेका उनीत्यतिबेला धरौटीमा रिहा भएका थिए ।
बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए।
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।