
काठमाण्डु,१३ फागुन– नेकपा माओावादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिएका छन ।
उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेको उनले जानकारी दिएका छन । घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका– ४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
बराईलीले शेरबहादुर थारुलाई योजना सुनाउँदै पैसाको समेत ब्यवस्था गरेको प्रहरीले जानकारी दिएको छ । उनले काम सकिए पश्चात शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई २ लाख रुपैयाँ दिएको प्रहरीले जनाएको छ ।
बर्तौलालाई गत २२ कातिकमा काठमाण्डुको बानेश्वरमा उनीहरूले धारिलो हतियार प्रहर गरेका थिए ।