प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाण्डु टुडे २०८० फागुन ९ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन ।

प्रधानन्यायाधीश श्रेष्ठले आज बुधवार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाएका हुन । न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us