नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार: अमेरिकी राष्ट्रपति बाइडेन

काठमाण्डु टुडे २०८० फागुन ५ गते १३:२१ मा प्रकाशित

Democratic presidential nominee Joe Biden delivers remarks at the Chase Center in Wilmington, Delaware, on November 6, 2020. – Three days after the US election in which there was a record turnout of 160 million voters, a winner had yet to be declared. (Photo by ANGELA WEISS / AFP) (Photo by ANGELA WEISS/AFP via Getty Images)

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा प्रतिक्रिया दिँदै यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जिम्मेवार रहेको बताएका छन ।

अमेरिकी राष्ट्रपतिले शुक्रबार पुटिनका आलोचक र विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युले आफूलाई अचम्मित नतुल्याएको तर आफूलाई क्रुद्ध बनाएको पनि दाबी गरेका छन । बाइडेनले नाभाल्नीको बारेमा भने, ‘उनी साहसका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै खराब कामहरूविरुद्ध खडा भए। नाभाल्नीको मृत्युको लागि पुटिन जिम्मेवार छन्।’

रुसी जेल अधिकारीहरूले शुक्रबार अलेक्सई नाभाल्नीको मृत्यु भएको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यले जानकारी दिएका छन । उनी ४७ वर्षका थिए ।

अनलाइन जारी गरिएको एक विज्ञप्तिमा भनिएको नाभाल्नी अस्वस्थ देखिन्थे, जसको केही समय पछि उनी बेहोस भए र उनको मृत्यु भयो। विज्ञप्तिमा डाक्टरहरू तुरुन्तै नाभाल्नी कहाँ पुगे पनि उनलाई बचाउने सबै प्रयास असफल भएको बताईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us