माओवादी केन्द्रमा १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप

काठमाण्डु टुडे २०८० माघ २९ गते १४:५० मा प्रकाशित

काठमाण्डु, २९ माघ– नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको विधान सम्मेलनको तयारीका लागि गत २६ र २७ गते बसेको पार्टी स्थायी कमिटी बैठकले १८ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।

माओवादीले थप गरेका वैकल्पिक केन्द्रीय सदस्यमा लालबहादुर सुस्लिङ, शंकर राई, रिपुप्रसाद राई, महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हिरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेम रहेको ति नेताले जानकारी दिएका छन ।

वैकल्पिक केन्द्रीय सदस्य थप गरेको आन्तरिक सर्कुलरमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us