धापासीमा युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८० माघ २९ गते १२:३० मा प्रकाशित

काठमाण्डु, २९ माघ– प्रहरीले काठमाण्डुको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक जना लाई पक्राउ । जिल्ला प्रहरी परिसर, काठमाण्डुले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । भोलि ९सोमबार० पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन । दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएको छ । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us