पेस्तोलसहित एक युवक पक्राउ

काठमाण्डु टुडे २०८० माघ २९ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २९ माघ– प्रहरीले सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।

प्रहरी पुगेर उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us