सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गरौँ: कमल थापा

काठमाण्डु टुडे २०८० मंसिर २५ गते १६:३२ मा प्रकाशित

 

काठमाण्डु, २५ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको दाबी गरेका छन । आज सोमबार काठमाण्डुमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

उनले संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको बताएका छन । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने बतएका छन । उनले भने, ‘ हाम्रो केन्द्रीय कार्यसमितिको बैठकले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको छ ।

संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको छ भन्ने राप्रपा नेपालको निष्कर्ष रहेको छ, ‘यो व्यवस्था असफल भएको कारणले गर्दा यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्छ भन्ने राप्रपा नेपाल केन्द्रीय कार्य समितिको ठहर छ ।

राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गर्न राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ ।’ उनले सहमति र सहकार्य गरेर यहि संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us