
काठमाण्डु, २५ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढाल्ने कसरत भइरहेको दाबी गरेका छन । आज सोमबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने बारमबार प्रयास भइरहेको बताएका छन । उनले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताएका छन ।