बैंकहरु निर्मम साहुजी होइन, विकासको सहयोगी हुनुपर्छ: केपी ओली

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १६:२६ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताएका छन ।

आज (आइतबार) पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताएका छन ।

उनले भने, ‘अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अफ्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ, ‘कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ ।’ उनले वचतकर्ताले बैंकमा जम्मा पारेको रकम कसैले ऋण लिइदिए मात्र बैंक चल्न सक्ने भन्दै बैंकहरुले ऋणीको महत्व बुझ्नुपर्ने बताएका छन ।

‘लोन लिए न बैंक चल्छ, पैसा थुपारेर बैंकले के गर्छ रु डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ रु अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् ।

ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने, पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ’, उनले भने । अध्यक्ष ओलीले बैंकहरुले आफुखुशी ऋणको ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us