गंगामाथिको आरोप पुष्टि गर्न अमरेशलाई सेर्पालीको चुनौती

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १५:०९ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– नेकपा माओवादी केन्द्रनिकट योङग कम्युनिस्ट लिग (वाइसीएल) अध्यक्ष सुबोध सेर्पालीले स्वतन्त्र सांसद अमरेश सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत रहेकी गङ्गा दाहालबारे सामाजिक सञ्जालमा गरेको टिप्पणी अत्यन्तै गम्भीर भएको बताएका छन ।

सेर्पालीले सांसद सिंहलाई कि त लेखेको बोलेका कुराहरूको सत्य तथ्य प्रमाण पेश गर्नुपर्ने होइन भने स्वार्थ पुरा नभएपछि जे पायो त्यही आरोप लगाउँदै बोल्ने छुट नभएको बताएका छन ।

‘प्रधानमन्त्री सचिवालयबारे डाक्टर अमरेस कुमार सिंहले सामाजिक सञ्जालमा लेखेको विषय अत्यन्तै गम्भीर छ’, सेर्पालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डाक्टर साप कि त लेखेको बोलेको कुराहरूको सत्य तथ्य प्रमाण पेस गर । होइन भने जथाभाबी आफ्नो स्वार्थ पूरा नभएपछि जे पायो त्यही आरोप लगाउँदै बोल्ने छुट कदापि छैन ।’

स्वतन्त्र सांसद सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण आफूसँग रहेका दाबी गरेका थिए । सिंहले आफूसँग भएको प्रमाण समय आएपछि जनता र मिडियामा लैजाने समेत बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us