हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ: कमल थापा

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १४:४३ मा प्रकाशित

 

काठमाण्डु,२४ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन । आज आइतबार काठमाण्डुमा पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका छन ।

उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताएका छन । उनले अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाई छ । उनँले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us