एमाले नेता ऐन महरसँगको अडियो ‘फेक’ भएको महिलाको दाबी

काठमाण्डु टुडे २०८० मंसिर २२ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– एमाले नेता एवं केन्द्रीय सदस्य ऐन महरको भनिएको ‘विवादित अडियो’बारे महिलाले प्रहरीमा उजुरी दर्ता गराएकी छन । महर र ती महिलाको आवाज समेटिएको यौन सम्बन्धी ‘विवाद’ १५ मङ्सिर मा एमाले नेता महरको विवादित अडियो समाजिक सञ्जालमा छताछुल्ल भएको थियो । तर, अडियोमा समेटिएको आवाज आफ्नो नभएको ती महिलाले दाबी गरेकी छन् ।

परपुरुषसँग सम्बन्ध जोडेर आफ्नो सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने गरी कृत्रिम अडियो सार्वजनिक गरिएको भन्दै महिलाले त्यसबारे छानबिन गर्न समेत । प्रहरीको साइबर ब्युरोमा उनले दिएको उजुरीमा भनिएको छ–‘सो अडियोका कारण मेरो चरित्र हत्या भएको छ ।

मेरो सामाजिक प्रतिष्ठा माथि आँच आएको हुनाले विद्युतीय सामग्रीहरू प्रयोग गरी मेरो आवाज समेतलाई कृत्रिम रूपमा सम्पादन गरी सम्प्रेषण एवं प्रसारण गरिएकोमा आवश्यक अनुसन्धान गरी यस कार्यमा संलग्न जो कोही भए पनि विद्युतीय कारोबार सम्बन्धी ऐन–२०६३ बमोजिम कारबाही गरी पाउँ ।’

सार्वजनिक अडियोमा आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका छन् ।

महिलाले दिएको जाहेरीको दर्ता नम्बर ७७५७ रहेको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘उजुरीपछि आवश्यक अनुसन्धान अघि बढेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us