अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: देव गुरुङ

काठमाण्डु टुडे २०८० मंसिर २१ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो केहि समय यता मुलुकमा अस्थिरता निम्त्याउन विभिन्न चलखेल भइरहेको बताएका छन । आज बिहिबार प्रेस सेन्टरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले भने, ‘मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।’ उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताएका छन ।

उनले भने, ‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् । ’ यस्तै उनले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us