
दाङ, २० मंसिर- दाङको तुलसीपुरबाट सल्यानको कपुरकोटतँर्फ जाँदै गरेको ट्रक तुलसीपुर नगरपालिकास्थित राम्री भीरबाट खसेको छ ।
रा१ख २५०१ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका–३ राम्री भीरबाट बुधबार साँझ करिब सवा ६ बजेतिर खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । मल्लका अनुसार ट्रक डेढ सय मिटर तल खसेको छ ।
ट्रकमा धनी तुलसीपुर ३ का टीकाराम भुसाल र चालक नारायण सार्की थिए । उनीहरु दुवै सकुशल छन् । उकालो चढ्दै गरेका बेला एक्कासि पट्टा भाँचिएपछि ट्रक भीरबाट खसेको प्रहरीले जनाएको छ । ट्रक भित्तामा ठोकाउने प्रयास सफल नभएपछि भुसाल र सार्कीले हामफालेर ज्यान गोजाएको मल्लले बताए ।