
दैलेख, , १९ मंसिर– एमाले अध्यक्ष केपी ओलीलाई राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी अर्थात काठको भाँडा उपहार दिएका छन् ।
राउटे समुदायले जीविकोपार्जनका लागि कोसी बनाउँदै आएको छ । एमालेको जारी झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्पयात्राका क्रममा दैलेखको गुराँसे गाउँपालिका
प्रवेश गर्ने क्रममा शाहीले ओलीलाई कोसी उपहार दिएका हुन् ।
शाहीको उपहार लिएपछि ओलीले आफूले गलामा लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिए । ओलीले राउटे समुदायको अस्तित्व बचाउन तथा शिक्षा र स्वास्थ्यमा सहज पहुँच बढाउन एमालेले कार्यक्रम बनाएर सहयोग गर्ने उल्लेख गरे ।
राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको गुनासो पोखे । शाहीले न्यानो कपडा र खाद्यान्न उपलब्ध गरिदिन आग्रह गरे ।