हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १८ गते १४:३२ मा प्रकाशित

मोरङ, १८ मंसिर– मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेको प्रहरीले जानकारी दिएको छ ।

बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको आज सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको प्रहरीले बताएको छ ।

घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ । माझीको शव पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरतर्फ पठाएइको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us