अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर १८ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई काठमाण्डुको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाण्डुको कलंकीका सुरज खड्का रहेका छन ।

उनीहरुलाई आज सोमबार थप दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन । यसअघि आइतबार पनि प्रहरीले काठमाण्डुको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us