
एजेन्सी– इन्डोनेसियाको मारापी पर्वतमा भएको ज्वालामुखी विस्फोटपरि ११ जनाको मृत्यु भएको छ भने १२ जना वेपता भएका छन । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ ।
सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले जकारी दिएका छन ।
इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् । तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतवार ज्वालामुखी विष्फोट भएको थियो । उक्त ज्वालामुखीका कारण झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । गाडी र घरहरु धुवाँ र खरानीले ढाकिएको दृष्य भिडियोमा देखिन्छ । पदयात्रामा रहेकाहरु त्यही ज्वालामुखीमा परेका थिए ।
नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन । दस्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ ।