
काठमाण्डु, १७ मंसिर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन । मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी दिएका हुन ।
उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
२७ असोजमा नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए ।