
चितवन, १४ मंसिर– चितवनबाट गैंडाको खागसहित ९ जना तस्कर पक्राउ परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गैंडाको खागसहित तस्कार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नेपाली सेना र निकुञ्ज प्रशासनको प्रयासमा तस्कर पक्राउ परेका हुन् ।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्व गत ३० कात्तिकमा खाल्डोमा पारेर दुईवटा गैँडा मारिएको अवस्थामा फेला परेका थिए ।
पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट ६ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
पक्राउ परेकाहरुबारे विस्तृत विवरण खुलाइएको छैन । उनीहरु मकवानपुर र चितवनका बासिन्दा भएको बताइएको छ ।