
काठमाण्डु, १४ मंसिर– बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा बिरामी बोकेको एम्बुलेन्स ट्रकसँग ठोक्किँदा ५ जना घाइते भएका छन् ।
महोत्तरीबाट बिरामी लिएर काठमाण्डु आउँदै गरेको ज१च८२४ नम्बरको एम्बुलेन्स बिहीबार बिहान २ बजेको सडक छेउमा रोकी राखेको बा३ख ६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सिन्धुली प्रहरीका डिएसपी चिरञ्जीवी दाहालले घाइते सबै एम्बुलेन्समा सवारहरु रहेको बताए । दाहालका अनुसार घाइते हुनेमा महोत्तरी नगरपालिका–१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय अवरार अन्सारी र भंगाहा नगरपालिका–१ का २१ वर्षीय जयकुमार राउत छन् ।
अबरारको उपचारका लागि उनीहरु काठमाण्डु आउँदै थिए । दुर्घटनापछि घाइते सबैलाई अर्को एम्बुलेन्समा राखेर काठमाण्डु पठाइएको छ ।
प्रहरीले एम्बुलेन्स चालक महोत्तरी मनरासिसुवा नगरपालिका–१ का राजु सिंह र ट्रक चालक रामेछाप मन्थली–१ का ४५ वर्षीय भेषबहादुर पाण्डे प्रहरी नियन्त्रणमा छन् ।