तनहुँमा गुडिरहेको बस सडकबाट खस्यो

काठमाण्डु टुडे २०८० मंसिर १३ गते ७:५० मा प्रकाशित

तनहुँ, १३ मंसिर– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

धरानबाट पोखरा जाँदै गेरको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट खसेको प्रहरीेले जनाएको छ ।

तनहुँ प्रहरीका डिएसपी मोहनबहादुर खाँणले घाइतेहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us