
काठमाण्डु, १२ मंसिर– सल्यानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । जिल्लाको बागचौर नगरपालिका९६ सानाहिम हिमचौरस्थित भिरालो जग्गामा सोही ठाउँ बस्ने ४१ वर्षीय चित्र बहादुर वली मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनी मंगलबार मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यल्य सल्यानले जानकारी दिएको छ ।