
काठमाण्डु, १२ मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन । बुधबार दिनको १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ ।
महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन । कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाण्डुमा गर्ने गरि मिति तय गरिएकोे छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था रहेको छ ।