
काठमाण्डु, १२ मंसिर– बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले एमसिसि अनुगमन समितिले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई आफूहरूले संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार नै लागु गर्नुपर्ने बताएका छन । एमसिएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको छलफल कार्यक्रममा एमसिसि अनुगमन समितिका संयोजक पाण्डेले यस्तो बताएका हुन ।
उनले एमसिसि लागु गर्दा संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गरेकाले सोही घोषणा अनुसार लागु गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन । उनले भने, ‘संसदवाट पास भई एमसिसि परियोजना लागु भएको एक वर्ष कटिसक्यो, नेपालमा यो परियोजना लागु भै सकेपछि के के काम भयो ? हामीले यो परियोजना पास गर्दा जनताको हितमा काम अघि बढोस् भनी १२ बुँदे व्याख्यात्मक घोषणा पनि गरेका छौँ, त्यस अनुरूप काम भएको छ की छैन, अहिलेसम्म के के काम भयो, प्रगति के छ, जग्गा अधिग्रहण र मुआब्जा वितरण कसरी भइरहेको छ ? पाण्डेले चासो व्यक्त गर्दै भने ।
छलफलका क्रममा पाण्डेले एमसिसि परियोजना अन्तर्गत एमसिए नेपालमार्फत सञ्चालन हुने कार्यक्रम, हालसम्म भएको एमसिसि परियोजनाको कामको प्रगति, आगामी दिनमा परियोजनाले गर्ने काम, हाल परियोजना अन्तर्गत भएको जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतबारे चासो व्यक्त गरेका थिए । पाण्डेले १२ बुँदे व्याख्यात्मक घोषणा इमान्दार पूर्वक कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए ।