गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ: सुदन किराती

काठमाण्डु टुडे २०८० मंसिर १२ गते १७:११ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई अनुरोध गरेका छन ।

आज (मंगलबार) लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन । उनले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका छन ।

उनले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको निधन भयो । सायद त्यतिबेला प्रसूति गृह भइदिएको भए उहाँको अकालमा निधन हुने थिएन होला । त्यसैले उहाँको सम्मानमा लुम्बिनीमा प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us