
काठमाण्डु, १२ मंसिर– धनुषा जिल्लाको धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव भेटिएको छ । आज मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर जानकारी गराएका थिए ।
घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक एसपी मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिएका छन । दुईरतीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीले जनाएको छ ।