
एजेन्सी– प्यालेस्टाइनी अतिवादी हमास समूहले थप १७ बन्धक छाडेको छ ।
इजरायलले गाजामा युद्धबिराम भएको दोस्रो दिन हमासले १७ बन्धक छाडेको हो । योसँगै हमासले रिहा गरेका बन्दी संख्या ४१ पुगेको छ ।
यसअघि शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धक रिहा गरेको थियो । इजरायलले ३९ प्यालेस्टाइनीर्लाइ कैदमुक्त गरेको थियो ।
इजरायली डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ । उनीहरूलाई रेडक्रसको सहायतामा इजरायल लगिएको छ । इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १ सय ५० कैदी छाड्ने सहमति भएको थियो ।
इजरायलले मंगलबारदेखि गाजामा युद्धबिराम गरेको थियो । युद्धबिराम अवधिभर हमासले प्रत्येक दिन कम्तिमा १० बन्धक मुक्त गर्ने सहमति भएको थियो । हमासले गत ७ अक्टोबरमा आक्रमण गरी २६ देशका २ सय ३९ नागरिकलाई नियन्त्रणमा लिएर गाजा लगेको थियो ।
जसमा नेपालका विपिन जोशी पनि छन् । आक्रमणमा १० नेपालीसहित १ हजार २ सयले ज्यान गुमाएका थिए ।