

काठमाण्डु, ४ मंसिर– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन ।
अन्दाजी छ–सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी जानकारी दिए । बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले जानकारी दिएका छन ।
निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।