
काठमाण्डु, ४ मंसिर– भूकम्प प्रभावितका एक हजार घर बनाउन कांग्रेसले दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । आज सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेसले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन । प्रभावित क्षेत्रमा भिडभाड नहुने गरी दक्ष जनशक्ति सहितको टोली पठाउने कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन ।
त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ । पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए । महामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामको महामन्त्री थापाले जानकारी गराएका थिए ।