शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर ३ गते १९:२६ मा प्रकाशित

इलाम, ३ मंसिर– जनकपुरबाट शैक्षिक भ्रमणका लागि इलाम पुगेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

इलाम प्रहरीका डिएसपी बासुदेव खतिवडाले मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए ।

ना६ख ८४२४ नम्बरको बस मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकाको किटानीमा दुर्घटना भएको हो ।

धनुषाको धारापानीबाट आएको शैक्षिक भ्रमणको टोली दुर्घटनामा परेको इलाम प्रहरीले जनाएको छ ।

बसमा ३७ जना सवार रहेकामा एक जनाको ज्यान गएको डिएसपी  खतिवडाले बताए ।

३२ जनाको उद्धार गरी उपचारका लागि झापाको बिर्तामोड पठाइएको खतिवडाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us