अवैध हतियार बरामद गर्ने क्रममा प्रहरीमाथि आक्रमण

काठमाण्डु टुडे २०८० मंसिर ३ गते १९:१९ मा प्रकाशित

रौतहट, ३ मंसिर– अवैध हतियार बरामद गर्ने क्रममा सशस्त्र प्रहरी टोलीमाथि रौतहटको यमुनामाईमा स्थानीइले ढुंगामुडा गरेका छन् ।

सशस्त्र प्रहरीले ग्राहक बनेर आइतबार यमुनामाई–३ मल्हेनिया टोलबाट चार थान अवैध हतियार बरामद गरेको थियो ।

हतियार बरामदपछि मुचुल्का उठाउने क्रममा स्थानीयले ढुंगामुडा प्रहार गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेडक्वाटर रौतहटले जनाएको छ । त्यस क्रममा केही प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीको गाडीमा क्षति पुगेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामाले जानकारी दिए ।

यमुनामाई–३, मल्हनियाका शेख एजाज अहमदको घरबाट दुई थान अमेरिकी पेस्तोल, भारतमा बनेको एक थान पेस्तोल, म्यागजिन ६ थान, गोली १३ थान र एउटा एयरगन बदामद गरिएको लामाले बताए । अहमद भने सशस्त्रले छापा मार्नुअघि नै फरार भएका थिए । प्रहरीले अहमदको खोजी तीव्र पारिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us