विष्णु रिजालको दुर्गा प्रसाईं लक्षित टिप्पणीः टाट पल्टिएका बैंक ऋणीको ‘स्टण्ट’ ले गणतन्त्रको जरा हल्लिँदैन

काठमाण्डु टुडे २०८० मंसिर ३ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– एमाले नेता विष्णु रिजालले बैंकको ऋणले टाट पल्टिएका ऋणिको ‘स्टण्ट’ ले गणतन्त्रको जरा नहल्लिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार पोष्ट गर्दै रिजालले गणतन्त्र कमजोर नरहेको भन्दै मरिसकेको राजतन्त्र चिहानबाट फर्केर नआउने बताए । रिजालले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंतर्फ लक्षित गर्दै उक्त पोष्ट गरेका हुन् ।

उनले प्रसाईंको नाम भने उल्लेख गरेका छैनन् । ‘गणतन्त्र यति कमजोर छैन कि एकजना टाट पल्टेको बैंक ऋणीले ‘स्टन्ट’ गर्दैमा जरा हल्लियोस् । यदि गणतन्त्र त्यति कमजोरै रहेछ भने पनि नदी उल्टो बग्दैन’, रिजालले लेखेका छन्, ‘ बरू, अर्को कुनै अतिवादले टाउको उठाउला तर मरिसकेको राजतन्त्र चिहानबाट फर्केर कदापी आउॅदैन ।’

किशोरी बलात्कार आरोपमा युवक पक्राउ परेका छन् । प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै आगामी ७ मंसिरमा काठमाण्डु केन्द्रित प्रदर्शन घोषणा गरेका छन् ।

सोही दिन एमालेले पनि युवासंघ, अखिलसहित जनसंगठनको आह्वानमा शक्ति प्रदर्शन घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us