

रुकुमपूर्व, ३ मंसिर– रूकुम पूर्वमा आइतबार फेरि भूकम्प गएको छ ।
अपराहन २ बजेर ५९ मिनेटमा रुकुमपूर्व केन्दबिन्दु भएर ४.३ रेकटर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जाजरकोटको बारेकोट गाउापालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता पटकपटक भूकम्पको पराकम्प गइरहेको छ ।