आज छठ पर्व मनाइँदै

काठमाण्डु टुडे २०८० मंसिर ३ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ ।

साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । आज रातभर जाग्राम बसेका ब्रतालुले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन हुन्छ ।

छठका लागि तराईका प्रमुख नदी, खोला र पोखरीलाई दुलही झैं सिँगारिएको छ । काठमाण्डुको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था मिलाइएको छ ।

छठमा व्रत बस्नाले मनोकांक्षा पूरा हुने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःख, कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us