साइबर क्राइम आरोपमा पक्राउ परे बाल सञ्जालका अध्यक्ष

काठमाण्डु टुडे २०८० मंसिर १ गते १९:०९ मा प्रकाशित

झापा, १ मंसिर– प्रहरीले सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा झापाबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ का विनोद थापा रहेको प्रहरीले जनाएको छ । उनीमाथि नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोप छ ।

झापा प्रहरीका डिएसपी खगेन्द्रप्रसाद रिजालले नक्कली फेसबुक आइडीमार्फत गैरकानूनी क्रियाकलाप गरेको उजुरीका आधारमा थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।

थापा स्थानीय कमल बाल सञ्जालका अध्यक्षसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us